काठमाडौं-काठमाडौं उपत्यका लगायत मुलुकभर चिसो बढेको छ । लगातारको शीतलहर तथा बाक्लो हुस्सुका कारण तराइको जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


विशेषगरी विपन्न बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण कठ्यांग्रिएर धादिङमा एक जना चेपाङ्गको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


वेनीघाट रोराङ्ग–३, पांगरजीप बस्ने २५ वर्षीय प्रेमवहादुर चेपाङ्गको अत्यधिक जाडोका कारण गएराती मृत्यु भएको हो । न्यानो लुगा अभावमा कठ्यांग्रिएर सातायता सप्तरी र रौतहटमा ९ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यका आज विहान ५ बजेर ४५ मिनेटमा यो बर्षकै सबैभन्दा कम १ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको छ ।

चिसो बढ्दै गएपछि त्यससँग सम्बन्धित बिरामीको संख्या समेत बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । जाडोयाममा हृदयघात र मष्तिस्कघात, रुघाखोकी र निमोनियाको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।

विशेषज्ञका अनुसार जाडोयाममा शरीरको तापक्रम ३४/३५ डिग्रीभन्दा कम भए हातखुट्टा चिसो हुनुका साथै श्वासप्रश्वासमा समस्या हुन्छ ।

जसकाकारण मुटुको चालमा वृद्धि हुनुका साथै रक्तचाप कम हुने र मृत्युसम्म हुनसक्ने चिकित्सक बताउँछन् ।