काँग्रेस नेता डा शेखर कोईराला बताउछन्-‘कम्यूनिष्टहरूलाई ५ बर्ष सरकार चलाउँन दिएर प्रतिपक्षमा बसौं ।’


ADVERTISEMENT


काठमाडौं-नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कम्यूनिष्टहरूलाई ५ बर्ष सरकार चलाउँन दिएर काँग्रेस प्रतिपक्षमा बस्नूपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


काँग्रेस सत्ताको चलखेलमा लाग्न नहूने उनको धारणा थियो । उनले पूरानो ढर्रा, परम्परा र सोचले काँग्रेस पार्टी चल्न नसक्ने बताउदै पार्टी रूपान्तरणको लागी गूटभन्दा उठ्न कार्यकर्तालाई आग्रह गरेका छन् । डा. कोईरालाले तत्कालै केन्द्रिय समितीको बैठक बोलाएर महासमिती बैठकको मिती तोक्नूपर्ने बताएका छन् ।

केन्द्रिय समिती र महासमिती बैठकमा निर्वाचनका परिणामका बारेमा ब्यापक समिक्षा गर्दै पराजयका कारण खोजेर अगाडी जानूपर्ने र पार्टीमा बैचारिक खडेरी परेको बताउदै बौद्धिक समूदायले पार्टीका नेताहरूलाई खबरदारी गर्नूपर्ने समय आएको बताएका छन् ।

कोईरालाले प्रजातन्त्रबादी प्राध्यापक संघ पि एन क्याम्पसले पोखरामा आयोजना गरेको प्रदेश नं-४ स्तरिय ‘नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीति’ बिषयक कार्यशाला गोष्ठीलाई संबोधन गर्दै कोईरालाले ब्यवहारिक ढंगले क्रियाशिल सदस्यता बितरण नभएकै कारण संगठन कमजोर बताएका छन् ।

कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शिर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीले क्षति ब्यहोरेको बताउँदै पार्टीलाई ‘मासबेस’ बाट ‘क्याडरबेस’ मा रूपान्तरण गर्नूपर्ने सूझाब दिएका छन । काँग्रेसले गरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनी जनतासामु प्रचार गर्न नसकेको बताउँदै सहभागीहरूले पार्टीको आदर्श,राष्ट्रियता,प्रजातन्त्र र समाजबादको परिभाषा परिवर्तन गर्न सूझाव समेत दिएका छन ।

नेताहरू बिधानसंगत ढंग र पार्टी संस्थागत ढंगले नचलेको कार्यक्रममा काँग्रेसका यूवानेता देवराज चालिसेले ‘काँग्रेसको नीति, संरचना एवं रणनीति’ बिषयमा अवधारणापत्र प्रस्तूत गरेका थिए । गोष्ठीमा काँग्रेसको नीति, बिधान, रणनीति, सांगठानिक संरचना लगायतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्यहरू,पूर्व सांसदहरू,प्रदेश सांसदहरू,प्रदेस नं-४ का जिल्ला सभापतीहरू,महासमिती सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।