काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा.मनीषा रावल अफिस जाँदा दिनहुँ बहिरंग विभागमा कुकुरले टोकेका व्यक्तिको भीड देख्छिन् । उनी आफैंलाई पनि कुन दिन भुस्याहा कुकुरले टोक्ने हो भन्ने भय उत्तिकै छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यकामा अहिले भुस्याहा कुकुरको बिगबिगी छ । उपत्यकामा दिनहुँ झन्डै दुई सय जना कुकुरको टोकाइबाट पीडित हुने गरेका छन् ।


ADVERTISEMENT

# # #


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी अहेव माला बुढामगर भन्छिन्, ‘बिहान अफिस आइनपुग्दै कुकुरले टोकेका पीडितहरू लाइनमा बसिसकेका हुन्छन् ।

एप्रोन (पोसाक) नलगाई भित्र पस्न खोज्ने हो भने लाइनमा बसेका पीडितले आफूजस्तै ठानेर भित्र जान पाइँदैन है । भन्छन… परिचय दिएपछि लौ छिटो भ्याक्सिन लगाइदिनुप¥यो भन्दै कराउँछन्।

अस्पतालमा रहेका पाँच जना अहेवमध्ये एक जनालाई नाम दर्ता गर्न र अर्कोलाई भीड व्यवस्थापन गर्नमै समय बित्छ । अन्य तीन जनालाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ । अहेव सरीता गौतम भन्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हरेक महिना बढिरहेका छन् ।

दिनहुँ झन्डै दुई सय व्यक्ति कुकुरले टोक्यो भन्दै आउँछन् । हामीलाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ ।-आजको अन्नपुर्ण पोष्टबाट