काठमाडौं-स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरुले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पुर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफै अस्तव्यस्त छ ।


ADVERTISEMENT


मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछाडिएको क्षेत्रजस्तो छ । सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले विजुली बत्तीको समेत अभाव झेल्दै आएको छ ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयछेउकै बाटो अँध्यारो

गृह मन्त्रालयअगाडि हुँदै सिंहदरबारबाट बाहिरिने पश्चिमतर्फको गेटसम्म करिब दुई सय मिटर सडक कच्ची छ । वर्षाको समयमा सो सडक हिलोले हिँडिसक्नु हुँदैन । दुर्गम क्षेत्रजस्तो छ । अहिले पानी नपरेकाले धुलोले मुख छोपेर हिँड्नुपर्ने अवस्था छ ।

त्यति मात्र होइन, सो सडकमा बिजुली पनि छैन । सुरक्षाकर्मी रातको समयमा टर्चलाइट बालेर ओहोरदोहोर गर्छन् । ‘मुलुकको समग्र सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयकै अगाडि यस्तो अवस्था छ भने दुर्गममा झन् कस्तो होला ?’ एक सुरक्षाकर्मीले भने ।- आजको नयाँ पत्रिकाबाट