हुम्ला– जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।


ADVERTISEMENT


सामान्य दिनमा दैनिक चार/पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जानकारी दिए ।

म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटीमा निर्विरोध निर्वाचित

यसैबीच, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको १६औँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको उद्घटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले गरेका थिए ।

अधिवेशमा सभापति गणेशबहादुर महत, उपसभापति हरिबहादुर रावत, उपसभापति हरिभक्त शाही, मन्त्री छेपाल दोर्जे लामा, कोषाध्यक्ष रामराज शाही, उपमन्त्री गोकुल बुढा, सहकोषाध्यक्ष चन्दा शाहीसमेत १३ सदस्य निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन अधिकृत एवम् सहायक प्रजिअ ऋषिप्रकाश सिटौलाले एक समारोहबीच घोषणा गर्दै प्रमाणपत्र वितरण गरे।