पुस, नवलपरासी–  नवलपुरको गैडाकोट–१८ आहालेमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।


ADVERTISEMENT


गैडाको आक्रमणबाट ७५ वर्षीय जेष्ठ नागरिक भविश्वर सुनारी गम्भीर गम्भीर घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनारी आइतबार विहान आफ्नै बारीमा काम गर्न गएको बेला गैडाले आक्रमण गरेको थियो ।

उनको टाउको खुट्टा, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।