सिरहा – पूर्वी तराइमा शीतलहरले जनजीवन अस्तव्यस्त भएको छ । शीतलहरले बढेर जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका९७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आइतबार विहान मृत्यु भएको हो । यस्तै गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो शनिबार मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


जाडोले बेहोस भएका बालक साहको धामीझाँक्रीलाई देखाउँदा मृत्यु भएको स्थानीय रामभरोसी यादवले बताए । अरु दुई जना जेष्ठ नागरिकहरु भने दमका रोगी रहेको बताइएको छ । जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् ।

अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जनाएको छ ।

चिसोका कारण मुसर समुदायका वासिन्दा बढी बिरामी हुने गरेका छन् । पातलो कपडा र परालको आगोको भरमा उनीहरु दिनरात कटाउन बाध्य भएका छन् ।

उनीहरुमा श्वासप्रश्वास सम्बन्धी रोग देखिएको छ । शरीर ढाक्ने कपडा नहुँदा पराल ओछ्याएर पराल नै ओढेर दिनरात कटाउन बाध्य भएको मुसहरले बताउने गरेका छन् ।

अत्याधिक जाडो बढेपछि सिरहाको करजन्हा नगरपालिका–७ प्रेमनगरको दलित वस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ परिवारलाई कम्वल वितरण गरेको छ ।