काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आइजीपी हटाउनेदेखि बिभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका हुन् ।
उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको शिकार हुने जोखिम बढेको बताएका हुन् । उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे । उनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए ।
उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


























