काठमाडौँ– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्राडा शशी शर्मालाई पुर्नवहाली गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


चार बर्ष अघि दायर रिटको आज सुनुवाई गर्दै सर्बोच्चले आजैका मितिदेखि डीनमा हाजिर गराउने गरी व्यवस्था मिलाउन सरकार र त्रिविको नाममा परमादेश समेत जारी गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीश दीपककुमार कार्कीको इजलासमा डा शर्मालाई आजैका मितिबाट पुर्नबहाली गर्न गराउन आदेश दिएको हो ।

त्रिवि कार्यकारी परिषदको बैठकको निर्णय अनुसार २०७० पुस २५ गते डीनमा नियुक्त भएका प्राडा शर्मालाई तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले ८ माघमा पदमुक्त गरेका थिए । त्यसको एक महिना पछि प्राडा शर्मा आफूलाई अन्यायपूर्ण ढंगले पदमुक्त गरेको भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।

चिकित्सा शिक्षा सुधारको गर्ने भन्दै आमरण अनसन बसेका प्राडा गोविन्द केसीले आइओएमको डीन बरिष्ठताको आधारमा हुनुपर्ने अडान नछाडेपछि सरकारले त्यतिवेला शर्मालाई राजिनामा दिन सुझाएको थियो । तर पछि शर्मालाई बर्खास्त गरेको थियो ।

‘दर्जनौँ पटक स्थगित भएको थियो । आज बहस भयो र फैसला पनि भयो । ढिलो भए पनि सर्बोच्चबाट न्याय मिलेको छ,’ प्राडा शर्माले सम्छिप्त प्रतिक्रिया दिए ।

आजको बहसमा प्राडा शर्माका तर्फबाट उनका आफ्नै दाजु बीएकुमार शर्मा, रमण श्रेष्ठ, हरि फुयाल, माधव बस्नेत र टिकाराम भट्टराई लगायतले बहस गरेका थिए । यता सरकारको पक्षबाट सरकारी वकीलहरु भाग लिएका थिए ।