कैलाली– कैलालीको गौरीगंगा नगरपालिका–१ मा एक महिलाको शव भेटिएको छ । २८ वर्षीया कविता बुढा सोमबार सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा मृत अवस्थामा फेला परेको हो ।


ADVERTISEMENT


बिहीबार रातिदेखि आफ्ना ८ वर्षीय छोरा डण्डी राज र ‘डिल्ली’ भनिने ५२ वर्षीय दिलिप सिह बुढासहित हराएकी कविता गाडिएको अवस्थामा भेटिएकी हुन् । बिहिवारदेखि हराएको भनिएपनि प्रहरीकोमा सोमबार मात्रै जानकारी गराइनु र घटना परिवेश पनि शंकास्पद रहेको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले कविताको छोरा र ससुराको पनि खोजी गरिरहेको छ । मृतक बुढाका श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा छन् भन्ने बुझिएको छ ।