काठमाडौँ– निर्वाचन आयोगले दलगत बैठकको आह्वान गरेको छ । आयोगले विभिन्न ५ विषयमाथि छलफल गर्न राजनीतिक दललाई डाकेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


गत १५ जेठ अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको सुनाइएको थियो । यद्यपि सरकारको यस निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भन्दै आयोगले सोप्रति आपत्ति जनाएको थियो । यसै विषयमा आयोगले पुनः राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो।


ADVERTISEMENT

# # #


यससम्बन्धिआयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेको थियो। गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए।

सरकारको यो निर्णयमा विभिन्न तर्कहरु उठेका छन् । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पनि सांसदद्वय गगन थापा र गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहने धारणा व्यक्त गरेका थिए ।

साथै शुक्रबार(भोली) बिहान साढे ११ बजे बस्ने भनिएको बैठकमा आयोगले दलहरुसंग कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन , विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन तथा राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा समेत छलफल गरिने कार्यसूची रहेको प्रवक्ता शर्माले जानकारी दिए।