कामाठौँ– नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ९ वटा मागसहितको ज्ञापनपत्र बुझाएको छ ।


ADVERTISEMENT


आज प्रधानमन्त्री निवास बालुवाटारमा नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले आफ्ना माग ७२ घण्टाभित्र सम्बोधन गर्न भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।


ADVERTISEMENT

# # #


उक्त ज्ञापनपत्रमा ९ वटा माग राखिएको छ । जसमा नेपालको संविधानको स्वास्थ्यसम्बन्धी मौलिक हक अन्तर्गत सबै नियमित विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य वीमा अविलम्ब कार्यान्वयन गर्न, रोजगारको ग्यारेन्टी गर्न, बेरोजार भत्ताको व्यवस्था गर्न माग गरिएको छ । यस्तै प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेशमा एक/एकवटा मेडिकल कलेज, इन्जिजियरिङ कलेज र कृर्षि क्याम्पस खोल्न सरकारालाई नेविसंघले आग्रह गरेको छ ।

त्यस्तै ज्ञापनपत्रमा सर्टिफिकेट धितो राखेर शैक्षिक ऋणको व्यवस्था, सबै शैक्षिक संस्थाहरुमा ई–लाइबेरीको व्यवस्था गर्न, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक शिक्षालयको व्यवस्था गर्न र सरकारको लगानीमा प्रारम्भीक बालविकास केन्द्रको स्थापना गर्न पनि माग गरिएको छ । यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विस्फेटमा परी घाइते भएकी नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतीपूर्ती तत्काल उपलब्ध गराउन नेविसंघले जोडदार माग गरेको छ ।

यसको कार्यान्वयनका लागि नेविसंघले आफ्ना दबाबमुलक कार्यक्रम पनि सार्वजनिक गरेको छ । यदि कार्यान्वयन नभएमा अनसन बस्ने समेत उसले चेतावनी दिएको छ ।

संगठनले पौष २६ गते सबै क्याम्पस, स्ववियु, जिल्ला लमार्फत कार्यान्वयन गर्न दबाब स्वरुप हस्ताक्षर संकलन अभियान गर्ने कार्यक्रम राखेको छ भने पौष २८ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुमा एकैसाथ ज्ञापनपत्र बुझाउने, पौष ३० गते जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना र्‍याली र माघ २ गते सबै जिल्ला सदरमुकाममा दबाब र्‍याली गर्ने बताइएको छ । यति गरेर पनि माग सम्बोधन नभएमा माघ ५ गते देखि अनसन बस्ने नेविसंघले जनाएको छ ।