काठमाडौँ – बंगलादेशमा जारी एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको चुनौति पछ्याउने क्रममा नेपालले ४२.२ ओभरमा तीन विकेट गुमाई लक्ष्य पुरा गरेको हो ।


ADVERTISEMENT


नेपाललाई जित दिलाउने क्रममा शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी दुबैले व्यक्तिगत अर्धशक पुरा गरी चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल अगावै खेल जिताए ।शरदले ५५ रन बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रले पनि ८२ बलमा ६० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


नेपालको कप्तानीको जिम्मेवारी सम्हालिरहेको ज्ञानेन्द्र मल्लले नेपालको सुरुवात उत्कृष्ट गरेका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरे । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।

दिलिप २०औं ओभरमा व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले ८१ रन जोडेको थियो । २६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पनि ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।

यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन । बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २र२ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।

यसअघि नेपालले पाकिस्तान यू २३संग ६ विकेटले पारजित भयो भने बंगलादेश यू २३ संग ८३ रनले पराजित भएसंगै प्रतियोगिताबाटै बाहिरि सकेको छ । यो नेपालका लागि सान्त्वना जितमात्र होइन आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरणमा हङकङसँग खेल्नका लागि मनोबल उच्च बताउन सहयोग गर्ने खेलपनि हो ।