काठमाडौँ– पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक तहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र विजनेस एड्मिनिस्ट्रेसन विषयको अध्यापन सुरु गरेको छ ।


ADVERTISEMENT


बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ बेडफोर्डसायरबाट सम्बन्धन लिएर उक्त कलेजले यसै शैक्षिकसत्रबाट ती विषयका पठनपाठन सुरु गरेको हो । एक सय ३० वर्ष पुरानो सो विश्वविद्यालय विश्वको उत्कृष्ट आठ सय विश्वविद्यालयअन्तर्गत पर्छ ।कलेजले ती विषयका पठनपाठन बारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि ३६० क्रेडिट आवर रहेको र सो कार्यक्रम पूरा गर्नका लागि रु १० लाख शुल्क लाग्नेछ ।


ADVERTISEMENT

# # #


सूचना प्रविधिमा आधारित रही पठनपाठन हुने ती विषयका विद्यार्थीले चाहेको खण्डमा पहिलो वर्ष नेपालमा र बाँकी दुई वर्ष बेलायमै गई अध्ययनसमेत गर्न सकिने व्यवस्था भएको कलेजका अध्यक्ष पङ्कज जालानले जानकारी दिए । उनले कजेलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीका लागि रोजगारीका अवसर वा आफै व्यवसाय गर्न विशेष परामर्शको व्यवस्था मिलाइएको जानकारी दिए। बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले छ महिनामै रोजगारी सुरु गर्र्ने गर्छन् ।

कलेजका प्राज्ञिक निर्देशक डा राजिव क्षेत्रीले विश्वविद्यालयको सो कार्यक्रम सञ्चालन गर्ने आफ्नो कलेज पहिलो भएको जानकारी दिँदै सो कार्यक्रम चीन, युरोप, दक्षिणपूर्र्वी एसियाका देशमा सञ्चालनमा रहेको छ भने ।

कलेजका व्यवस्थापक योगेश क्षेत्रीले कलेजमा प्राज्ञिकबाहेक विद्यार्थीका व्यक्तित्व विकास गर्न लर्निङ जोन, प्रोजेक्ट रुमलगायतको व्यवस्था गरिएको र बेलायत अध्ययन गरी फर्किएका अनुभवी व्यक्तिले अध्ययन गराउने जानकारी दिए ।