काठमाडौं-आज पहिलोपटक नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।


ADVERTISEMENT


एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।


ADVERTISEMENT

# # #


पार्टी एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले पटक-पटक भेटवार्ता गरेका थिए । एमाले-माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने निर्णय गरेका थिए । यो अप्रत्यासित निर्णय भएको तीन महिनापछि पहिलोपटक बस्न लागेको एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठकलाई चासोका साथ हेरिएको छ ।

दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।