काठमाडौं – तिहारका अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि सुरु गरेको छ ।
बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ । बैंकले २ दशमलव ५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४ सय तोकेको छ भने १० ग्रामको मेडालियनको प्रतिथान ३ हजार ८ सय रुपैया तोकेको छ ।
बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको छ । सुनको असर्फी तथा चाँदीका मेडालियन गरिद गर्न सर्वसाधारणहरुको भीड लागेको छ । बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि हुने महाशाखाले जनाएको छ ।


























