काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ ।


ADVERTISEMENT


राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह मन्त्रालयलाई दिइएको प्राधिकराणका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।


ADVERTISEMENT

# # #


बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।

प्राधिकरण अन्र्तगतको बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि बुधवार (भोलि)देखि नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत रकम बितरणको प्रक्रिया सुरु गरिने बताए ।

कर्णका अनुसार बाढीपछिको पुनर्स्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माण वापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाव मिलान गर्ने गरी रकम बितरण गर्न लागिएको हो ।

आयोजना प्रमुख कर्णले तराईमा राहत बितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको बताए ।