काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा नियमित चेकअपका लागि भोलि थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्।


ADVERTISEMENT


ओली भोलि दिउँसो १२:३० बजे थाइल्याण्ड जान लागेका हुन्। मृगौलासम्बन्धि रोगबाट पीडित उनी प्रत्येक ६ महिनामा उपचारका लागि थाइल्याण्ड पुग्ने गरेका छन्।


ADVERTISEMENT

# # #


झाडापखालाका कारण बिरामी परेका ओली केही समयता बालकोटस्थित निवासबाट बाहिर निस्किएका छैनन्। उनले पार्टीको बैठक र राजनीतिक भेटघाट समेत निवासमै गर्दै आएका छन्।

ओलीले उपचारका लागि झण्डै एक साता थाइल्याण्डमा बिताउने जनाइएको छ।