काठमाडौं-एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ ।


ADVERTISEMENT


दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पवनजंग रायमाझीले बताएका छन् । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने ।


ADVERTISEMENT

# # #


यसअघि छिटफुट रुपमा बिरामी आउँथे । चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताएका छन् । बिरामीलाई उमालेको पानी खान, झोल पदार्थ बढी खान, न्यानो भएर बस्न सल्लाह दिने गरेको प्रमुख रायमाझीले बताए । ५० प्रतिशत बिरामी त बीमा गरेका व्यक्ति उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ ।