काठमाडौं – मंगलबार गठन गरिएको संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यष प्रचण्डले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्षद्वय ओली र प्रचण्डक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बुधबार बालकोटमा बसेको थियो । बैठकमा अध्यक्षद्वयले कार्यदलले काम गर्ने कार्यबिधि र कार्यदेशका बारेमा दिशानिर्देश समेत गरेका थिए ।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदन तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

कार्यदलले बिहीबारबाटनै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन भन्दा पहिलेनै पार्टी एकता भएमा कार्यदलको प्रतिबेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पुनले बताए ।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्ऽ पाण्डे रहेका छन् ।