काठमाडौँ– विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य वीमाको माग गर्दै नेविसंघले देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।


ADVERTISEMENT


यस अघि संगठनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ७२ घण्टाभित्र माग सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बझाएको थियो । नेविसंघले आजबाट त्रिभुवन विश्व विद्यालय र देशरभरका सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको हो ।


ADVERTISEMENT

# # #


पटक पटक सरकारलाई यस विषयमा जानकारी गराउँदा पनि कानमा तेल हालेर बसेकाले यो अभियान थाल्न आफुहरु बाध्य भएको नेविसंघका अध्यक्ष्य नैनसिंह महरले हिमालय पोष्टलाई जानकारी दिए । उनले भने‘ ‘देशलाई समृद्धिको खड्किलोमा चढाउनका लागि शिक्षामा परिवर्तन गर्नु पर्ने भएकाले मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मका करिब ८० लाख विद्यार्थीको विद्यार्थीका हक हितका लागि यो अभियान सूरु गरेका हौँ’ ।

नेविसंघले आफ्ना माग कार्यायान्वयन नभएमा अनशन बस्नेसम्मका चेतावनी दिएको छ । उसले आजबाट हस्ताक्षर संकलन गर्ने र माघ २८ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा बुझाउने बताएको छ । यदि माग सम्बोधन नभए माघ ५ गते अनशन बस्नेसम्मको चेतावनी नेविसंघले दिएको छ ।

भोलिका दिनमा कुनै पनि विद्यार्थीको उपचारको अभावमा स्वास्थ्य बिग्रिने अवस्थाको सिर्जना हुन नदिनका लागि तथा एउटा स्वस्थ्य नागरिकको विकास गर्नका लागि यो अभियान थालिएको अध्यक्ष महरले बताए ।

नेविसंघले हस्ताक्षर संकलन गरेर २८ गते सबै जिल्ला प्रशासन कार्यालयमा बुझाउने र सदरमुकाममा दबाब र्याली निकाल्ने भएको छ । यसपाली माग पूरा गरेरै छाड्ने बताउँदै अध्यक्ष्य महरले भने, ‘यो नेविसंघको मात्रै माग नभर्इ देशका सबै विद्यार्थी र उनीहरुका अभिभावक समेतको हो । यसपालीको मिसन सरकारलाई बाध्य बनाएर हाम्रा माग पूरा गर्नु हो ।’

नेविसंघले सरकारको लगानीमा निशुल्क स्वास्थ्य वीमा गर्नुपर्ने, देशभरका विद्यालयमा इ–लाईबेरीको व्यवस्था गर्नुपर्ने, प्राविधिक विद्यालयको स्थापना गर्नपर्ने लगायतका माग राखेको छ ।