लहान– सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।


ADVERTISEMENT


उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नंको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


ADVERTISEMENT

# # #


जङ्गली हात्तीले चार घर भत्काए

यसैबीच, जङ्गली हात्तीले गएराती सिरहाको लहान नगरपालिका–१५ स्थित चार घरमा क्षति र्पुर्याएका छन् । जङ्गलबाट आएको जङ्गली हात्तीको समूहले स्थानीय मोहन यादब, बमभोला यादव, शिव यादव र श्याम यादवको फुसको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

हात्तीको समूहले घर पूर्णरुपमा भत्काउनुका साथै घरभित्र भएको अन्नपातसमेत क्षति पु¥याउँदा करिब रु तीनलाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।