काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उमेदवारको मापदण्ड तोकेको छ । एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको सविच प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT


एमालेले निर्धारण गरेको मापदण्डमा संविधानको धारा (८७) बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् ।


ADVERTISEMENT

# # #


भौगोलिक र सामाजिक सन्तुलनका आधारमा एमालेले उमेदवारी दिने भएको हो ।

त्यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई उमेदवार बनाउने मापदण्ड एमालेले तय गरेको छ ।

यस्तै, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरूलाई विशेष प्राथमिकता दिने एमालेको निष्कर्ष छ ।

एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिन भनेको छ ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था गर्न एमालेले प्रदेश कमिटीलाई निर्देशनसमेत दिएको छ ।