काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा बुझाएको पत्रमा आरोप लगाएका हुन् ।


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएर ताजा जनादेशसमेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाट नयाँ जनादेश अनुरुप सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पहिलो आरोप प्रचण्डले देउवालाई लगाएका छन् ।


ADVERTISEMENT

# # #


पत्रमा प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनको लागि अविलम्ब पहल गर्नु पर्ने त्यसमा ठोस कदम नचाली ढिलासुस्ती गरेको भन्दै आलोचनासमेत गरिएको छ । देउवा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउनु सरकारले गर्न नमिल्ने नियुक्तिलगायतका अतिरिक्त निर्णय गरेको आरोप राजीनामा पत्रमा रहेको छ । सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजिकरणको लोकतान्त्रिक भूमिका निर्वाह गर्ने अपेक्षा माओवादीले गरेको छ ।

राजीनामा पत्रमार्फत् प्रचण्डले विनाविभागीय भएर चार महिनासम्म चुनाव सफल बनाउन सरकारमै रहेको स्पष्टिकरण दिएका छन् । असोज १७ गते एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी बिहिन बनाएका थिए । वाम तालमेल गरेर चुनावमा सहभागी भएका एमाले र माओवादी अहिले पार्टी एकताको गृहकार्यमा छन् ।

देउवामाथि प्रचण्डका चार आरोप
-जनादेशको सम्मान नगरेको,
-सरकार छाड्न ढिला सुस्ती गरेको,
-राजश्वको व्यापक दुरुपयोग गरेको,
-काम चलाउ सकारले दीर्घकालीन निर्णय गरेको।