काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने बताएका छन् ।


ADVERTISEMENT


धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता भएको बताए । ‘म सरकार छाड्न तयार छु, तर मैले चुनाव नगराई भएको छैन,’ उनले भने ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय हैसियत प्राप्त राजनीतिक दलहरु बीच सहमति गर्ने प्रयासमा सरकार लागि रहेको बताएका छन्। देउवाले सहमति नभए सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने बताए ।

‘सहमति होला जस्तो छैन । म काठमाडौं फर्केपछि पुनः सहमतिको प्रयास गर्छु, भएन भने सरकार आफैंले प्रदेश प्रमुख नियुक्तगर्छ,’ उनले भने, ‘अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भईरहेको छ । प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलहरुले नमानेको देउवाले बताए

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते तोकेको छ । एमाले बाहेकका दलहरु मिलेर सरकार बन्नसक्ने संभावना बारेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा जे पनि हुनसक्छ । तर मलाई केही थाहा छैन ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दिक्षान्त समारोहमा सहभागि हुनका लागि उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा शुक्रबार नै महेन्द्रनगर गएका छन् ।