काठमाडौं-शैल्यशिखर नगरपालिका-१ बलाचमा निर्माण भएको चमेलिया जलविद्युत आयोजनाले शुक्रबारबाट १५ मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । उत्पादन सुरु गरेसँगै १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडेको आयोजनाले जनाएको छ ।


ADVERTISEMENT


३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको आयोजना प्रमुख अजय कुमार दाहालले बताए ।


ADVERTISEMENT

# # #


‘शुक्रबार साढे तीन बजे ग्रीडमा सिंक्रोनाइज गरेका छौं । २३ नोभेम्बरबाट १३२ केभी प्रसारण लाईन चार्ज भएको थियो,’ उनले भने, ‘जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गरिएको हो ।’ देशमा विद्युतको माग अत्यधिक रहेकाले आयोजनाले चाँडै नै राष्ट्रिय प्रसारणलाई विद्युत दिएको उनको भनाई छ ।

प्राधिकरणको तालिका अनुसार जनवरी १८ देखि पिक आवरमा प्रसारणलाईनमा विद्युत दिइने तोकिएको भएपनि आयोजनाले जनवरी १४ बाटै पिक आवरमा विद्युत उपलब्ध गराउने जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको छ । ८ अर्ब ३४ करोड रुपैयामा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

१५ मेगावाट दोस्रो युनिटको वेभ प्ररीक्षण भइरहेको हुनाले आयोजनाले पूर्ण उत्पादन गर्न अझ करिब एक महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा ढिलाइ हुदा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको छ ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी ९सीजीजीसी० ले निर्माण गरिरहेको छ । विद्युत् प्राधिकरणको ढिला सुस्तीका कारण चमेलियाको विजुली यहाँका स्थानीयले तत्काल उपभोग गर्न नपाउने भएका छन्। प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको विजुली बाल्नबाट जिल्लाबासी नै बञ्चित भएका हुन् ।

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको अग्राधिकार स्थानीयको भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयले विजुली उपभोग गर्न पाउने अवस्था छैन । महाकाली नगरपालिका ७ थालीगाडमा चमेलियाको विद्युत् दार्चुलाका विभिन्न ठाउँमा वितरण गर्नका लागि सबस्टेसन निर्माण हुँदैछ ।