काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।


ADVERTISEMENT


आगामी माघ २४ गते हुने निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको आयोगले आयोगले आज सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासंगै राष्ट्रियसभाका मतदाताहरु गाउँपालिकाका अध्यक्ष उपाध्क्ष्य, नगर प्रमुख उपप्रमुख तथा प्रदेशसभा सांसदलाई निर्वाचन प्रक्रिया बारे जानकारी गराउने आगामी माघ २४ गते हुने निर्वाचन प्रयोजनका लागि आजबाट अधिकृतको कार्यालय स्थापना हुन लागेको आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

यसैविच राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले आयोगमा दल दर्ता गराएका छन् ।