काठमाडौं-राष्ट्रिय परिक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा शनिबार सार्वजनिक गर्न लागेको हो ।


ADVERTISEMENT


नतिजा सार्वजनिक गर्नका लागि बोर्ड बैठक समेत डाकिएको छ । बैठक दिउसो ३ बजेका लागि डाकिएको स्रोतले जनाएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।


ADVERTISEMENT

# # #


चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन्। विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।