काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।


ADVERTISEMENT


नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।


ADVERTISEMENT

# # #


परीक्षाको नतिजा https://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ । रिजल्ट प्रकाशित भएपनि वेभ र एसएमएसमा आउन भने केहि समय लाग्नेछ ।