काठमाडौं-जुनचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ अर्थात् ‘सिजनल फ्लु’ भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोगको पुष्टि गरेको हो ।


ADVERTISEMENT


पाँच बिरामीमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए। बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघिमात्र प्रयोगशालामा पठाइएको थियो।


ADVERTISEMENT

# # #


अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको शताइएको छ । ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण हो’, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो । एच वान एन वान भनेको स्वाइन फ्लु को, त्योभन्दा यो अलि कमजोर खालको हो । यसबाट धेरै आत्तिनुपर्दैन ।’

हालसम्म रुघाखोकी र ज्वरोका एक हजार ५५ जनाको उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रमा हाल चार चिकित्सकसहित १७ स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।