काठमाडौं-ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा हिजो साँझ एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


भैरहवाबाट तौलिहवा आउँदै गरेको लु २ त २७२७ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।