काठमाडौं-यो सिजन खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडले शनिबार पनि त्यसलाई कायमै राख्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा भिल्लारियलसँग १-० गोल अन्तरले पराजित भएको छ । भिल्लारियलले रियल मड्रिडलाई उसकै घरेलु मैदान बेर्नाबाउमा हराएको यो पहिलो पटक हो । भिल्लारियलका फर्नल्सले ८८ औं मिनेटमा गोल गरेका थिए ।


ADVERTISEMENT


यो हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा १६ अंकले पछाडि परेको छ भने तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँग उसको अंक दुरी ८ मा पुगिसकेको छ । पाँचौं स्थानमा रहेको भिल्लारियल भन्दा मात्र एक अंक बढी जोडेको छ ।


ADVERTISEMENT

# # #


अब रियल मड्रिडका खेलाडीहरुले स्वीकार गरेका छन् कि अबको लक्ष्य उपाधि होइन, शीर्ष चार हो । ‘हामी अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन केन्द्रीत भएका छौं’ मिडफिल्डर टोनी क्रुजले भनेका छन् ।

उनले अघि भने, ‘ १६ अंकको दुरी धेरै हो । अब हामीले अर्को खेल बाहेक केही सोच्नु हुँदैन ।’ डिफेण्डर मार्सेलोको अभिव्यक्ति झन डर लाग्छ । उनले त रियल मड्रिडका खेलाडीहरु ‘डुब्दै गरेको महसुस गरेको’ बताएका छन् । ११ वर्षदेखि रियलमा रहेका उनले भने, ‘मैले यहाँ अनुभव गरेको यो सबैभन्दा खराब अनुभव हो ।’

आफूहरुले राम्रो फुटबल खेल्ने र गोल गर्ने प्रयास गरिरहे पनि त्यो सफल नभएको उनले बताए ।