काठमाडौं-नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका–११ मा फेला परेको गोहीलाई उद्धार गरिएको छ । स्थानीय श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको करिब दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोहीलाई उद्धार गरी नारायणी नदीमा छाडिएको हो ।


ADVERTISEMENT


शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु– १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएको मिश्रले जानकारी दिएका थिए । करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोही फेला परेको थियो ।