काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

कार्कीले आफूलाई सुनुवाइको मौका नै नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए ।


ADVERTISEMENT

#


रिट दर्ता भए पनि हालसम्म सुनुवाइका लागि पेसी तोकिएको छैन।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो। उक्त निर्णयपछि डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।


ADVERTISEMENT

#
#