काठमाडौं – बुद्ध एयरले आउँदो वैशाख १ देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने भएको छ ।


ADVERTISEMENT


साधारणतया स्थलमार्गबाट पोखरा नेपालगञ्जको यात्रा १० देखी १२ घण्टासम्मको हुने गरेको छ । यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने बुध्द एयरले जनाएको छ । साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणरअवलोकन तथा मानसरोवर आउजाऊको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रर्वद्धनमा पनि टेवा बुध्द एयरको विश्वास छ ।


ADVERTISEMENT

# # #


अहिले बुध्द एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ । पोखराबाट भैरहवा र भरतपुरको उडान गएको सेप्टेम्बर महिनामा शुरु भएको थियो । बुध्द एयरले देशभित्र १३ गन्तव्य तथा भारतको वाराणसीमा पनि उडान भरिरहेको छ ।