काठमाडौं-एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोरेना)ले करिब ६० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न अटेर गर्दै आएपछि सकरकारले एउटा टोली स्विडेन पठाउने तयारी गरेको छ ।


ADVERTISEMENT


अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालयले टेलियालाई १५ दिनको समय तोकेर ११ दिनअघि कर तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । यस बीचमा पनि टेलियाले सरकारी निकायसँग सम्पर्क गरेको छैन ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा टेलियाबाट लाभकर उठाउन एउटा टोली स्विडेनमै पठाउन सरकारले तयारी गरेको हो ।-आजको नागरिक दैनिकबाट