पोखरा-कास्किको सिमानामा पर्ने मट्टीखान डाँडामा नवनिर्मित भ्यु टावरको उद्घाटन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


करिव ८० लाख लागतमा निर्माण सम्पन्न भएको सो भ्यु टावरको समुद्घाटन गर्दै प्रदेश ४ का मुख्यमन्त्रीका दाबेदार समेत रहेका गुरुङले प्रदेश न. ४ को बिकास र समृद्धिको मुल आधार रहेको पर्यटन क्षेत्रको बिकासले तिब्रता पाईरहेको बताए । उनले प्रदेश नं. ४ को विकासका लागि पर्यटकिय क्षेत्रको विकास अपरिहार्य रहेको र यसले समग्र मुलुकको नै विकास हुने दावी समेत गरे । मनाङ मुस्ताङ लगायत राजधानी काठमाण्डौंसम्मको सडक विस्तार भएको र अझै थप विस्तार गर्नुपर्ने बताउँदै पर्यटकिय विकासका लागि मुलुकभर नेटवर्क विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यसैबिच,कार्यक्रममा बोल्दै नेता गुरुङले काँग्रेसले सत्ता हस्तान्तरण नगर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । काँग्रेसले जनमतको कदर नगरी केवल सत्तामा आफुलाई लम्बाईरहेको बताए । कार्यक्रममा बोल्दै नेता गुरुङले एमाले माओवादी पार्टी एकता नै नेपाली जनताको जीत भएको बताए ।

उनले एकता अन्तिम अन्तिम चरणमा पुगिसकेको बताउँदै अहिले संगठनात्मक संरचनाका लागि छलफल चलिरहेको स्पष्ट गराए । वाम गठबन्धनको अब बन्ने सरकारले समग्र मुलुकको विकास, आर्थिक समृद्धि जस्ता कुराहरुलाई विशेष प्राथमिकतामा राख्ने समेत नेता गुरुङको भनाई रहेको थियो ।