काठमाडौं(रासस)-एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ । केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको आज बिहान ६:३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।


ADVERTISEMENT


उनी पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनी चर्चित थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । परिवारका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ ।


ADVERTISEMENT

# # #