काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री खनालले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भने, “सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । तर अझै पनि सुस्ता र कालापानीजस्ता धेरै ठाउँमा सीमा विवाद छ । अब ती सिमाना कूटनीतिक रुपमा समाधान गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


उनले विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने तथा भारत र चीनको सहयोगमा अगाडि बढ्नुपर्ने धारणा राखे । एमालेमा पुस्तान्तरणको आवश्यक परेकाले युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा माक्र्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।