काठमाडौं-सुनसरीमा अत्यधिक चिसोका कारण मंगलबार एक जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए।


ADVERTISEMENT

# # #


दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उनको परिवार आर्थिक समस्यामा परेको छ।