काठमाडौं-केही दिन अगाडिसम्म अनशनरत प्रा.डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहट पुगेका छन् ।


ADVERTISEMENT


बिहीबार बिहानै डा. केसी कम्बल तथा अन्य न्याना कपडासहित रौतहटको गढीमाइ नगरपालिककाका विभिन्न वडाहरूमा रहेका यहाक, चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायमा देखिए।


ADVERTISEMENT

# # #


उनी बिना जानकारी डाक्टर तोसिमा कार्की, अभिशेख राजसिंहसहित गढीमाइका दलितबस्तीमा पुगेका हुन् । साथै उनले बाटोमा भिख माग्दै बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्याना कपडाहरू वितरण गरेका छन् ।

दलित बस्तीमा न्यानो वितरण पश्चात निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट कहाँ कहाँका मानिसहरू पीडित छन् आफूलाई थाहा भएको र त्यहाँ पुगी न्यानो वितरण गर्ने कार्यक्रम रहेको बताए ।