काठमाडौं– प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।


ADVERTISEMENT


उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।


ADVERTISEMENT

# # #


आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

यसअघि सरकारले प्रदेश नं. १ को अस्थाई मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ धनकुटावासीले धनकुटा बजारमा मशाल जुलुस समेत निकालेका थिए ।