काठमाडौं – धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख एसपी सुदिपराज भण्डारीले जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको हो ।

आन्दोलनका क्रममा भएको झडपमा ३ जना घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।

यो पनि पढ्नुस् :

प्रदेश राजधानीको माग गर्दै धनकुटावासी आक्रोशित, क्षेत्रीय कार्यालयमा आगजनी