काठमाडौं – पार्टीको नेतृत्वमा नयाँ युवा नेताहरु आउनु पर्ने बसह चलिरहेका बेला नेपाली कांग्रेसमा अर्को युवा नेताहरूको समूह जुर्मुराएको छ । पार्टीलाई सशक्त बनाउनका लागि वैचारिक जागरण अभियान सुरु गर्न माग गर्दै १० भाई समूह अगाडि आएको हो ।


ADVERTISEMENT


७ वटै प्रदेशका १० जना युवा नेताहरुले संयुक्त वक्तव्य जारी गरेर पार्टी नेतृतवलाई शुद्धिकरण र सुदृढिकरण गर्न जागरण अभियान सुरु गर्न माग गरेका छन् ।


ADVERTISEMENT

# # #


युवा नेताहरुको नयाँ समूहले पार्टीको आमूल रुपान्तरणको लागि भन्दै १५ बुँदे सुझावसहितको विचार अघि सारेको छ ।

युवा नेताहरुले भातृत्वको विकास गरी गुटबन्दी अन्त्य गर्नुपर्ने, गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान सुरु गर्नुपर्ने, निर्वाचनको गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन् ।

नियमित महासमिति बैठक हुने सुनिश्चितता, निर्वाचन परिणामको जिम्मा मूल नेतृत्वले मात्र नभई केन्द्रीय समितिले नै लिनुपर्ने, समानुपातिकबाट एकपटक सांसद बनेका व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्‍याउन नहुने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँतहसम्म प्रशिक्षण अभियान चलाउनुपर्ने माग उनीहरूको छ ।

वक्तव्यमा पार्टी पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेण्टी गर्नुपर्ने, विपीको बाटो हिँड्नुपर्ने, व्यक्तिवादी चरित्र र अनुशासनहीनताको अन्त्य गर्नुपर्ने, ‘भ्रष्टाचार मुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान संचालन गर्नुपर्ने, तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर संगठन निर्माण गनुपर्ने उल्लेख गरिएको छ ।

हरेक वर्ष पारदर्शी रुपमा क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्य समितिको आकार बढाउनुपर्ने र कांग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल(समृद्ध नेपाल’ अभियान शुरु गर्नुपर्ने सुझाव समूहले दिएको छ ।

यो नयाँ समूहमा महासमिति सदस्यहरु भुपेन्द्रजंग शाही (प्रदेश ६) धमेन्द्र नेम्वाङ (प्रदेश १), विनिता अधिकारी (प्रदेश ३), खड्क डाँगी (प्रदेशं ६), सुनिता अधिकारी (प्रदेश ५) रहेका छन् ।

यस्तै गुँरास गाउँपालिका अध्यक्ष खेमराज वली (दैलेख), परोहा नगरपालिकाका मेयर सेख वकिल (रौतहट), वागलुङका क्षेत्रीय सभापति चिरञ्जीवि गौतम, लम्जुङका क्षेत्रीय सभापति वृषराज गुरुङ र बझाङका पूर्व महाधिबेशन प्रतिनिधि मञ्जित ताम्राकार रहेका छन् ।
यस अघि सात भाइले नेतृत्व परिवर्तनको माग गर्दै वक्तव्य निकालेका थिए । अहिले दश भाइले प्रष्ट विचार सहित यस्तो बैचारिक अभियान सुरु गरेका हुन् ।