काठमाडौं-स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निस्शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।


ADVERTISEMENT


शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिएका थिए । केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए ।


ADVERTISEMENT

# # #


केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए ।-आजको कान्तिपुरबाट