काठमाडौं-भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ ।


ADVERTISEMENT


‘भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ,’ भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।


ADVERTISEMENT

# # #


अग्नी पाँचौँको परीक्षणसँगै भारतले रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताइएको छ । छोटो दुरीका क्षेप्यास्त्र ‘पृथ्वी’, ‘धनुष’बाहेक भारतले लामो दुरी प्रहार गर्नसक्ने ‘अग्नी–प्रथम’, ‘अग्नी –द्वित्तीय,’ र ‘अग्नी–तृत्तीय’ को सफल परीक्षण गरिसकेको छ ।