काठमाडौं-आगामी महिना हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । सामसुङका मोबाइल डिभिजन प्रमुख डीजे कोले यसको खुलासा गरेका हुन् । उनले स्पेनमा हुने मोबाइल मेलामा सामसुङले ग्यालेक्सी एस नाइन सार्वजनिक गर्ने बताएका छन् ।


ADVERTISEMENT


यसबाहेक थप विवरण नखुलाए पनि ग्यालेक्सी एस नाइनबारेमा आएका विभिन्न समाचारको दाबीअनुसार सामसुङले यो वर्ष ग्यालेक्सी एस नाइन र एस नाइनप्लस सार्वजनिक गर्दैछ ।


ADVERTISEMENT

# # #


सामसुङले आफ्नो विभिन्न स्मार्टफोन सार्वजनिक गर्नका लागि यो मोबाइल मेलालाई उपयोग गर्छ । सन् २०१६ मा उसले यही मेलामा ग्यालेक्सी एस सेभेन एज सार्वजनिक गरेको थियो ।