काठमाडौं-मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै विजयको प्रमाणपत्र पाइसकेका भए पनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट वञ्चित हुँदै आएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।


ADVERTISEMENT

# # #


निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आग्रह गरेको आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ । संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।