काठमाडौं-राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक राजनीतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी रहेको छ ।


ADVERTISEMENT


यसअघि हिजो बसेको बैठकमा निर्वाचनको समिक्षा गरिनुपर्नेमा अधिकांश सदस्यहरुले जोड दिएपनि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचन समीक्षाका लागि पछि छुट्टै बैठक राख्ने भन्दै बैठकको सुरुमा राष्ट्रियसभाको निर्वाचनको बिषयमा मात्रै छलफल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक हिजो बसेको कार्यसमिति बैठकमा पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व असफल भएको भन्दै चर्को आलोचना भएको थियो । बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरुले सरकार र पार्टी दुवै मोर्चामा नेतृत्व असफल भएको भन्दै पार्टी सभापति देउवाको आलोचना गरेका थिए । देउवा पक्षीय सदस्यहरुले भने नेतृत्वको बचाउ गरेका थिए ।

बैठकमा पार्टी विधान विपरित केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति बनाईएको भन्दै खारेज गर्न समेत दबाब बढेको छ ।