प्युठान – दाङको बंङ्गलाचुली गाउँपालिका ७ आमडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान प्युठानको सरुमारानी –४ जस्पुरबाट हात्तिखाल हुँदै दाङतर्फ जाँदै गरेको लु १ ज २६५४ नम्बरको जीप दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा २५ वर्षका कविराम बरालको घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए ।

जिपका सहचालक २१ बर्षिया सुदन बिक र ६५ बर्षिया मोमबहादुर पल्ली गम्भीर घाईते छन ।